इङ्लिस प्रिमियर लिगः अग्रता जोगाउन नसक्दा चेल्सीसँग रोकियो लिभरपुल

इङ्लिस प्रिमियर लिगः अग्रता जोगाउन नसक्दा चेल्सीसँग रोकियो लिभरपुल

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिगमा दुई गाेलकाे अग्रता कायम गरेकाे लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा राेकिएकाे छ।

आइतबार राति भएकाे खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो। तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्तत: खेल २-२ गाेलकाे बराबरीमा रोकिएको हाे। 

नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लियो। २६औँ मिनेटमा सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। 

४२औँ मिनेटमा कोभासिचले २० र्‍याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो।

दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ। सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ।

सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो। चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ। लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ। 

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले हरायो।

Skip This
Skip This
Logo