बंगलादेशमा सितेरियो कराँते तर्फ नेपाललाई चार स्वर्ण

बंगलादेशमा सितेरियो कराँते तर्फ नेपाललाई चार स्वर्ण

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा सम्पन्न बि-जी कराँते च्याम्पियनसिप-२०२१ मा नेपाल सितेरियो कराँतेले चार स्वर्ण पदक हात पारेकाे छ। मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । 

लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् । यस्तै, पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार ग्याल्मो सोमिका लामाले पनि स्वर्ण प्राप्त गरेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी हुन्।

नेपाली टोलीले दुई रजत र पाँच काँस्य पदक पनि जोडेको छ । पासाङ्ग तामाङले ७० केजीमा  र राजदेव बमजनले ६५ केजीमा रजत पदक पाएका हुन् । दुवैले कुमितेतर्फ पदक प्राप्त गरेका हुन् । यसैगरी काँस्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्षमुनि उमेर समूह रहेका छन् ।

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेले बिदाई गरेका थिए।

Skip This
Skip This
Logo