आहा रारा गोल्ड कप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

आहा रारा गोल्ड कप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
0
Shares

२०औं संस्करणको आहा रारा गोल्डकप माघ ६ देखि सुरु हुने भएको छ। मोफसलको उत्कृष्ट मध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन्।

आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए। क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ।

तस्वीर-सुदर्शन रन्जित

Logo