प्रधानमन्त्री कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट : प्रदेश २ काे पहिलो जित

प्रधानमन्त्री कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट : प्रदेश २ काे पहिलो जित

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एक ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। 

सोमबार भएको आफ्नो पहिलो खेलमा प्रदेश २ बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो । गण्डकीको भने प्रतियोगितामा यो पहिलो खेल हो। प्रदेश २ का लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाए । यस्तै, सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७, हरिशंकर झाले १२ र विवेक यादवले १० रन जोडे ।

यसअघि पहिलो इनिङमा गण्डकी प्रदेशका अर्जुन कुमालले ३९ बलमा ६ चौका मद्दतमा ४१ रनको जोड्दा सन्दीप क्षेत्रीले २४ बल खेल्दै दुई चौका र एक छक्काकाे मद्दतमा २७ रन जोडे । कप्तान विपिन खत्री र अनिल गुरुङ समान १० रन बनाएर पभेलियन फर्किए । 

प्रदेश २ का मोहम्मद आदिल आलमले दुई तथा विकेक यादव, हरिशंकर शाह र जितेन्द्र यादवले समान एक एक विकेट लिएका थिए।

Skip This
Skip This
Logo