ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन्। 

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । 

‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् । 

Skip This
Skip This
Logo