प्रधानमन्त्री कप टी-२० क्रिकेट : अपराजित पुलिस एक खेलअघि नै सेमिफाइनलमा

प्रधानमन्त्री कप टी-२० क्रिकेट : अपराजित पुलिस एक खेलअघि नै सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १५५ रनमा समेटिएपछि पुलिसले लगातार प्रतियोगितामा तेस्रो जित पाएको हो। 

कर्णालीका प्रकाश जैशीले रन आउट हुनुअघि ६८ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलको मात्रै सामना गरेको प्रकाशले ६ चौका र ३ छक्का प्रहार गरे । दिवन पुन १७ रनमा अविजित रहँदा कप्तान रवीन्द्र शाहीले समेत १७ रन बनाए । यस्तै दिनेश अधिकारीले १५ रन बनाउँदा बिपीन रावलले १० रनको योगदान गरे। 

पुलिसका दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान दुई विकेट लिए। यस्तै करण केसी, गुल्शन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रनको विशाल योगफल तयार पारेको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको शानदार इनिङ खेले। ३९ बलको मात्रै सामना गरेको कुशलले नाै चौका र तीन छक्का हिर्काएका थिए।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ रनको अर्धशतकीय इनिङ खेले। एक विकेट गएपछि क्रिजमा आएका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै २८ बलमा नाै चौका र दुई छक्का प्रहार गरेका थिए। पुलिसका लागि विकेटकिपरसमेत रहेका दिलीप नाथले ३१, पवन सर्राफले २२, कप्तान मञ्जित श्रेष्ठले १९ तथा आरिफ शेखले १८ रन रनको योगदान दिए। टस हारेर बलिङमा आएको कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई-दुई विकेट लिए।

जितसँगै समूह ‘ए’ बाट तीन खेलमा शतप्रतिशत जितसहित पुलिसले ६ अंक बनाएर एक खेल अघिनै शीर्षस्थानमा रहँदै सेमिफाइनल यात्रा तय गर्‍याे । पराजित कर्णाली भने चार खेलबाट जम्मा दुई अंक जोड्दै चौथो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो। 

Skip This
Skip This
Logo