प्रधानमन्त्री कप: खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

प्रधानमन्त्री कप: खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

केन्द्रबिन्दु
0
Shares

खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । 

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिमबीच खेल तय भएकाे थियाे। तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ। आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । 

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो। दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो। 

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो।

Skip This
Skip This
Logo