इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई अग्रता

इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई अग्रता

केन्द्रबिन्दु
0
Shares

रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै २०४ रनमा समेटियो। 

इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए। फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले  उल्लेखनीय योगदान गर्न सकेनन्। वेष्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए। यस्तै कप्तान काइरन पोलार्डले दुई विकेट लिए। 

यसअघि भ्रमणकारी टोली इंग्ल्यान्डले टस जितेर घरेलु टोली वेष्ट इन्डिजलाई ब्याटिङ निम्तो दिएपछि निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पार्‍याे। वेष्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले। यस्तै निकोलस पुरनले ७० रनको योगदान गरे। 

योसँगै पाँच टी-२० शृंखलामा घरेलु टोली वेष्ट इन्डिजले २–१ को अग्रता लिएको छ। यसअघि पहिलो खेलमा वेष्ट इन्डिज नाै विकेटले विजयी हुँदा दोस्रो खेलमा भ्रमणकारी टोली इंग्ल्यान्ड एक रनले विजयी भएको थियो। 

Skip This
Skip This
Logo