मनाङ आहा-रारा गोल्डकपको फाइनलमा

मनाङ आहा-रारा गोल्डकपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

मनाङ मर्स्याङ्दी क्लब २०औं आहा-रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि मनाङले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको हो । 

Logo