क्यान साधारणसभा फागुन १३ र १४ गते हुने

क्यान साधारणसभा फागुन १३ र १४ गते हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी फागुनमा हुने भएको छ। 

क्यानको बिहीबार बसेको बोर्ड बैठकले साधारणसभा १३ र १४ फागुनमा धनगढीमा गर्ने निर्णय गरेको हो। यस अघि माघमा साधारणसभा धनगढी गर्ने भनिए पनि २० जिल्ला संघको अधिवेशन नभएका कारण रोकिएको थियो। 

यस्तै सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदमबहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ।

यता, अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णयसमेत  फिर्ता लिइएको छ। 

यस्तै ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने क्यानके निर्णय गरेको छ। 

यस्तै राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि रु एक लाख पचास हजार सहयोग गर्ने निर्णय गरिएको छ। 

संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ।

यस्तै क्यानले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ, क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो।

पुरुष खेलाडी तर्फ कप्तान  सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड "ए" मा रहेका छन्। 

ग्रेड "बी" मा  कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहदा ग्रेड "सी" कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् । 

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड "ए" मा रुबिना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन्। 

यस्तै ग्रेड "बी" मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहदा  ग्रेड "सी" मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहे।

Skip This
Skip This
Logo