विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमानबीच हुने

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमानबीच हुने

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने निश्चित भएको हो।

ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन्। यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह एकमा नेपाल, ओमान, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन्। 

ओमानमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ। यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा स्थान बनाउने छन्। 

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ। 

नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ। ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ। उक्त सिरिज  माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ। 

नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ। त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ।

Skip This
Skip This
Logo