रसियाका मेद्भेदेभ अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

रसियाका मेद्भेदेभ अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

रसियाका ड्यानिएल मेद्भेदेभ अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा शुक्रबार भएको खेलमा ग्रिसका स्टेफानोस सितसिपासलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो वरियाताका मेद्भेदेभ उपाधि नजिक पुगेका हुन् ।

उपाधिका लागि उनले आइतबार स्पेनका राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन् । नाडाल, इटलीका मात्तेओ बेरेट्टिनीलाई पराजित गर्दैै फाइनलमा पुगेका हुन् ।  

पहिलो सेटमा ७–६ को संघर्षपूर्ण जित निकालेका मेद्भेदेभले दोस्रो सेट भने चौथो वरियाताका सितसिपासलाई ४–६ ले सुम्पिएका थिए । सो पछिका दुई सेटमा ६–४ र ६–१ को सहज जित निकाल्दै मेद्भेदेभले फाइनल यात्रा तय गरेका हुन् । 

Skip This
Skip This
Logo