रोमाञ्चक स्थितिमा इङ्ल्यान्ड वेस्ट इन्डिज शृंखला

रोमाञ्चक स्थितिमा इङ्ल्यान्ड वेस्ट इन्डिज शृंखला

केन्द्रबिन्दु
0
Shares

पाँच टी-२० शृंखला अन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ। 

१९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो। 

वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६,ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए। 

इङ्ल्यान्डका मोइन अलीले दुई तथा रेस टपले,आदिल रासिद, लियाम लिभिङस्टोनले एक विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो। 

इङ्ल्यान्डका लागि मोइन अलीले सर्बाधिक ६३ रन जोड्दा ओपनर जसन रोय  ५२ रनको योगदान दिए।

Skip This
Skip This
Logo