चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनलमा

चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनलमा


उपाधि दावेदार अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को सेमिफाइनलमा पुगेका छन्। 

आइतबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणसमेत पूरा भएको छ। फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ।

आइतबार भएको खेलमा चीनले भियतनामलाई ३–१ अन्तरले हरायो। उपाधि दावेदार जापानले थाइल्याण्डविरुद्ध ७–० को सहज जित पायो। यता, उपाधि दावेदार अष्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा व्होयर्दाै अन्तिम आठबाटै बाहिर रह्यो। अष्ट्रेलियालाई कोरियाले १–० ले पराजित गर्याे। 

यता, पहिलो पटक महिला फुटबल, एसिया कपको सेमिफाइनलमा पुगेको फिलिपिन्सले चाइनिज ताईपेइलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्याे। अब, सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ।

Logo