कोपा डे बाट बाहिरियो पीएसजी

कोपा डे बाट बाहिरियो पीएसजी

केन्द्रबिन्दु
0
Shares

निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटसमेत ४-४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो। 

निसका गोलकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए।

बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए। निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ।

सन् २०११ मा लिललाई १-० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो। पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो। 

कोभिड १९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन सकेनन्।

Logo