अफ्रिका कप अफ नेसन्स: गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

अफ्रिका कप अफ नेसन्स: गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

केन्द्रबिन्दु
0
Shares

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन्। 

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए। 

अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन्। गए राति भएको खेलमा बुर्किना फासोलाई ३-१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो। 

फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमासमेत हेरिनेछ। 

Logo