यूईएफए युरोपा लिग अन्तर्गत छनोटको दोस्रो चरणको प्लेअफ खेलमा टोटनह्याम हट्सपरले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ ।
पहिलाे हाफ गोलरहित बराबरीमा रोकिएकाे थियो । दोस्रो हाफकाे ७१ औं मिनेटमा घरेलु टोलीका लागि जिओर्जी मिन्चेभले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाए । कर्नरमा आएको बललाई डिमिटार इलिएभले फ्लिक गरेपछि मिन्चेभले हेडरमार्फत गोल गरेका थिए ।
त्यसको ८ मिनेटपछि नै टोटनह्यामका लागि पेनाल्टीमार्फत ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । ८५ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटनह्यामलाई अग्रता दिलाए ।
थप गोल हुन नसकेपछि टोटनह्याम अगाडि बढेको छ । टोटनह्यामले अब तेस्रो चरणमा म्यासेडोनियाको स्केन्दिजासँग प्रतिस्पर्धा गर्नेछ ।





























प्रतिक्रिया