सहिद स्मारक ‘ए’ डिभिजन लिग : फेरि सर्‍याे पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग : फेरि सर्‍याे पुलिस र च्यासलको खेल

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो। यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो।  

खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ। यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन।

यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ। यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन। 

नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ। जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन्। 

Skip This
Skip This
Logo