आयरल्याण्ड र यूएई सेमिफाइनलमा

आयरल्याण्ड र यूएई सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

आयरल्याण्ड र यूएई आईसीसी टी-२० विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन्। समान ४ अंक भएपनि आयरल्याण्ड समूह ए को विजेता र यूएई उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। बहराइनको पनि ४ अंक भएपनि रनरेटका आधारमा तेस्रो स्थानमा रहँदै लिग चरणमै रोकिएको छ। 

लिग चरणको अन्तिम खेलमा बहराइनसँग २ रनले पराजित भएपनि यूएईले सेमिफाइनलमा स्थान बनायो । १७३ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । रित्या अरभिन्दले नटआउट ८४ रन जोडेपछि यूएई अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो । रोहन मुस्तफाले ४१ र चिराग सुरीले २६ रन बनाए। अन्तिम ओभरमा २४ रन जोड्दै अरभिन्दले यूएईलाई सेमिफाइनलमा पुर्याएका हुन् । रनरेटका आधारमा सेमिफाइनल पुग्न यूएईलाई १५८ रनको खाँचो थियो, उसले निर्धारित ओभरमा १७० रन बनायो । 

पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो। डेभिड माथिआसले ४६ र उमर इम्तिआजले ४२ रन बनाएका थिए।     

समूह ए कै अर्को खेलमा आयरल्याण्डले जर्मनीलाई ७ विकेटले पराजित गर्यो । १०८ रनको लक्ष्य आयरल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा पउल स्टर्लिङले ३४ र एण्डी बाल्बिर्नेले ३२ रन बनाए । 

पहिले ब्याटिङ गरेको जर्मनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि फैसल मुबासिरले ४५ रन बनाए। 

समूह विजेता आयरल्याण्डले अब समूह बीको उपविजेतासँग र यूएईले विजेतासँग प्रतिस्पर्धा गर्नेछ। समूह बी मा नेपाल, क्यानाडा र ओमानमध्ये २ टोलीको सेमिफाइनल प्रवेशको सम्भावना छ।

Skip This
Skip This
Logo