इंग्लिस प्रिमियर लिग : माने र सलाह चम्किँदा लिभरपुलको आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिग : माने र सलाह चम्किँदा लिभरपुलको आधा दर्जन गोल

केन्द्रबिन्दु
0
Shares

अट्याकर द्वय साडियो माने र मोहम्मद सलाह चम्किएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडलाई आधा दर्जन गोल गरेको छ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै हाफमा ३-३ गोल हुँदा लिभरपुलले ६-० अन्तरको सहज जित निकाल्यो। लिभरपुलको जितमा माने र सलाहले दुई दुई गोल गर्दा जोएल माटिप र भान डाइकले एक एक गोल गरे।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी तीन अंकमा झारेको छ। लिभरपुल २६ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ। पराजित लिड्स २५ खेलबाट २३ अंकसहित १५औं स्थानमा छ। सिटी भने २६ खेलबाट ६३ अंकसहित शीर्षस्थानमा छ।

बुधबार राति भएको अन्य खेलमा  क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४-१ अन्तरले पराजित गर्दा वर्नलीले टोटनहमलाई १-० अन्तरले पराजित गर्यो। 

Logo