एएफसी एशियन कप छनोटकाे खेल तालिका सार्वजनिक

एएफसी एशियन कप छनोटकाे खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो। नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। यस समूहको सबै खेल कुवेतमा हुनेछ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ। जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सी मा उज्बेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छन्। समूह डी मा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन्। 

समूह ई मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बङ्गलादेश छन् भने समूह एफमा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर छन्। हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन्। छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ।

Logo