सहिद स्मारक ‘ए’ डिभिजन लिग : संकटा र जावलाखेलले अंक बाँडे

सहिद स्मारक ‘ए’ डिभिजन लिग : संकटा र जावलाखेलले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

जावलाखेल युथ क्लब र संकटा क्लबले १-१ गाेलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ अन्त्य  गरेको छ। 

बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ। संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्‍याे। यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्‍याे। जावलाखेल तालिकाको नवौं स्थानमा छ।                                                                                                                     

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो। १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे। 

उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो। सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए। 

लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो। त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ।

Logo