नेपालद्वारा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य

नेपालद्वारा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ। एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो। 

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन बनाए। यस्तै आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन मात्र जोडे । 

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे। 

नेपालले  ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ। नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४  मार्चमा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ।

Skip This
Skip This
Logo