इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनहमको सानदार जित

इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनहमको सानदार जित

केन्द्रबिन्दु
0
Shares

कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ। जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ।

१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे। ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो ।

४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो। ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो।

टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ। जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ ।

लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन्। २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ। जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो।

एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ। शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौंथो स्थानमा उक्लिनेछ। एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ।

Skip This
Skip This
Logo