एसी मिलानलाई पाँच अंकको अग्रता, युभेन्ट्स विजयी

एसी मिलानलाई पाँच अंकको अग्रता, युभेन्ट्स विजयी

केन्द्रबिन्दु
0
Shares

इम्पोलीबिरुद्ध १-० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ। शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। 
 
जितसँगै शीर्षस्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ। दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलानको ५८ अंक छ। इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ।

गए राति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो। भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे। एक गोल उपहार पायो। साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे।

जितसँगै युभेन्ट्स २९ खेलबाट ५६ अंकसहित चौंथो स्थानमा छ। 

Logo