पीएसजीलाई १५ अंकको अग्रता

पीएसजीलाई १५ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे। 

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ५२औं मिनेटमा नेयमारले गोल गरे भने  ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए। 

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ। बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ। दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ। 

Skip This
Skip This
Logo