इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ। 

अंक बाँडेसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनि फिनिसिङमा चुक्न पुग्यो। बराबरीपछि सिटीले २९ खेलबाट ७० अंक बनाएको छ। एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ। प्यालेस भने २९ अंकसहित ११औं स्थानमा छ।

Logo