खराब फर्मबाट गुज्रिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दै नेपाल क्रिकेट संघ क्यानले घरेलु मैदानमा हुने एक दिवसीय र टी-२० क्रिकेट सिरिजका लागि छुट्टाछुट्टै राष्ट्रिय टोली घोषणा गरेको छ ।
क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५-१५ राष्ट्रिय टोली घोषणा गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग २ मा खराब प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि यो पटक टोलीमा परेनन् । चोट बोकेका शरद भेषावकर पनि यो पटक टिममा अटाएनन् ।
क्यानले यो पटक युवा खेलाडीलाई मौका दिएको छ । यूएईमा जारी लिग २ को सिरिजका क्रममा प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिममा व्यापक परिवर्तन आवश्यक रहेको संकेत गरेका थिए ।
नेपालले यही शुक्रबार र शनिबार पपुवा न्युगिनीसँग २ म्याचको एकदिवसीय सिरिज खेल्नेछ भने चैत १४ देखि २१ गतेसम्म पपुवा न्युगिनी र मलेसिया सम्मिलित ट्वान्टी-२० सिरिज खेल्नेछ । दुवै सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।






























प्रतिक्रिया