थाइल्यान्डसँग नेपाल २-० अन्तरले पराजित

थाइल्यान्डसँग नेपाल २-० अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ। थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे। फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए। चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे।  

यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो। अब नेपालले १३ गते  थाइल्याण्डको शीर्ष डिभिजन  क्लब चोनबरी एफसीसँग खेल्नेछ।

एसियन कप छनोटमा नेपालसहित समूह 'ए' मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।

Skip This
Skip This
Logo