त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट : पिएनजीको लगातार दोस्रो हार

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट : पिएनजीको लगातार दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई ८ रनले हराएको छ। कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे। यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए। मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीन/तीन विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो।

मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए ।  यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए। पिएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए ।

सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो।त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन्।

Logo