पोर्चुगल र पोल्यान्ड कतार विश्वकप-२०२२ मा छनोट

पोर्चुगल र पोल्यान्ड कतार विश्वकप-२०२२ मा छनोट

केन्द्रबिन्दु
0
Shares

युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन्। मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेकाे हाे। क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे।

३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे। ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २-० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍याे। घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १-१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा ५औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे। ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे।

Logo