चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : सन्दीप लामिछाने

चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : सन्दीप लामिछाने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन्।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ।

‘सबैले राम्रो खेलेर जित निस्कियो। चारै खेल जितेर फाइनल जित्ने योजना छ। अझै पनि हामी फाइनल पुगेका छैनौं। अझै एक खेल बाँकी छ। आज बलरलाई क्रेडिट जान्छ। पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको हो।

मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए।

Logo