४ जेठ २०७९ बुधबार
1
1
1
1

पाथिभरा राष्ट्रिय भलिबलको उपाधी नेपाल पुलिसलाई

1
1
1
1
1
1

ताप्लेजुङ । तेस्रो पाथिभरा राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल प्रहरीले जितेको छ । ताप्लेजुङमा सम्पन्न प्रतियोगताको उपाधीका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिडेका थिए । आर्मीलाई २५-१७, २५-१३ र २५-१९ को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब उपाधी हात पार्न सफल भएको हो ।

पुलिसले गण्डकी प्रदेशमाथि र आर्मीले एपीएफमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । ताप्लेजुङको मैवाखोला गाउँपालिका ढुङ्गेसाघुमा सम्पन्न प्रतियोगितामा आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि चुमेको हो ।प्रतियोगिताको बिजेता पुलिसले नगद तीन लाख ५१ हजार पाँच सय हात पार्यो भने आर्मीले एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी नेपाल पुलिसका कुलबहादुर थापा घोषित भए । उनले १५ हजार प्राप्त गरे । त्यस्तै वेस्ट सर्भर पुलिसकै विशाल विक, वेस्ट सटर पुलिसका इमबहादुर राना मगर, बेस्टब्लकर पुलिसकै दिपकराज जोशी, वेस्ट डिफेन्डर पुलिसकै भिम मगर र वेस्टस्पाइकर आर्मीका धनबहादुर भट्ट भए । उनीहरुले जनही ७ हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल पुलिसकै सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक छानिए । बिजेता टिमलाई प्रदेशसभा सदस्य टंक आम्बोहाङ, बलबहादुर साम्सोहाङ, होम कुमारी साबा लगायतले पुरस्कार वितरण गरेका थिए। पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित ताप्लेजुङबासी ईश्वरी पौडेल, रमेश बराल र बल बहादुर तामाङद्वारा वर्षेनी प्रतियोगिता आयोजना गरिदैं आएको छ । वैशाख २२ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

‘तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६’ हुने

प्रकाशित: २६ बैशाख २०७६ १८:५३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी