एन्फा चुनावमा मताधिकार लिन राजीनामा

एन्फा चुनावमा मताधिकार लिन राजीनामा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने चुनावमा मताधिकार लिएर आउन नपाउने भएसँगै पदाधिकारीले राजीनामा बुझाएका छन्।

भोलिबाट पदमा रहने व्यक्तिले भोट दिन नपाउने भएसँगै करिब एक दर्जन व्यक्तिले राजीनामा दिएको स्रोतले बताएको छ। 

राजीनामा दिनेमा उपाध्यक्षदेखि सहमहासचिवसहित सदस्य रहेका छन् । 

'आगामी चुनावलाई केन्द्रित हुँदै राजीनामा बुझाइएको हो,' एक उच्च पदाधिकारीले भने, 'राजीनामा स्वीकृत भएको छैन ।'

जेठ १५ गते हुने तय भएको एन्फा चुनाव असार ६ गतेका लागि सारिसकेको छ। पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो।

Logo