म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले हराएको हो । सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।

घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।  ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए ।  ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

Skip This
Skip This
Logo