‘नाईन्टी सिक्स ट्रफी’ फागुनबाट

‘नाईन्टी सिक्स ट्रफी’ फागुनबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

‘नाईन्टी सिक्स ट्रफी’ क्रिकेटको पहिलो सिजन फागुनमा सुरु हुने भएको छ । आयोजक नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले शनिबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता प्रदेश–१ मा फागुन १२ गतेबाट सुरु हुने जनाएको छ ।

दुई दिने फर्म्याटको ‘नाईन्टी सिक्स ट्रफी’ अन्तर्गत प्रदेश–१ को खेलहरु झापा र मोरङमा आयोजना हुनेछन् । प्रदेश–१ को प्रतियोगितामा ८ क्लब र एकेडेमीलाई सहभागिता गराईनेछ । नेपाली क्रिकेटको सबैभन्दा लामो प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिता सातै प्रदेशमा आयोजना हुनेछ ।

‘यस प्रतियोगिता भन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात प्रतियोगिताहरु हुनेछन् । प्रतियोगिताका खेलाडीहरुले दुई दिने क्रिकेटको आनन्द उठाउने छन् भने सेतो जर्सी र रातो बलमा खेल्नेछन्’, कम्पनीका अध्यक्ष अमित पोखरेलले भनेका छन् ।

प्रत्येक प्रदेशको विजेताले राष्ट्रियस्तरको फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले २५ हजार पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले १० हजार प्राप्त गर्नेछन् ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Logo