नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दैछ ।
नेपाल र जिम्बावे ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसअघि टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा आइतबार नेपाल ६ विकेटले पराजित भएको थियो । नेपाल आज पहिलो हारको बदला लिने तयारी सहित मैदानमा उत्रिँदा जिम्बावे लगातार जितको खोजीमा हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बावे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ। टी-२० सिरिजपछि नेपाल र जिम्बावे ‘ए’ बीच तीन खेलको एकदिवसीय सिरिज हुने छ ।































प्रतिक्रिया