राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । जारी प्रतियोगितामा एपिएफको यो पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा सम्पन्न महिलातर्फको अन्तिम खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गर्यो । आर्मीको यो पहिलो हार हो । 

एपीएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीको तीन तीन अंक छ। यसअघि मंगलबारै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो । 

प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले एक र पहिलो खेल खेलेको न्यु डायमन्डले पनि एक अंक जोडेको छ । पाँच टिमको सहभागिता भएको महिलातर्फको खेलमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
 

Logo