जिम्बाब्वे 'ए'ले नेपालविरुद्धको अन्तिम टी-२० क्रिकेटमा १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाब्वे 'ए'ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३६ रनको मध्ययम योगफल तयार पारेको हो ।
पहिलो टी-२० को तुलनामा जिम्बब्वेविरुद्ध नेपालले आज कसिलो बलिङ गरेको थियो । जिम्बाब्वेका लागि रोए कैयाले ४९ र टाडिवानासे मारुमनीले २७ रन बनाए । लुक जोङ्वे २३ रनमा नटआउट रहे ।
नेपालका लागि क्याप्टेन सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमदले समान एकएक विकेट झारे । जिम्बाब्वेका ३ जना ब्याट्सम्यान रन आउट भएका थिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
३ म्याचको टी-२० सिरिजमा भ्रमणकारी टोली जिम्बाब्वे ए १-० ले अघि छ । दोस्रो म्याच भने वर्षाका कारण रद्द भएको थियो ।





























प्रतिक्रिया