तेस्रो तथा निर्णायक वन डे क्रिकेटमा जिम्बाब्वे 'ए' ले नेपाल सामू २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गएराति भएको वर्षाले आउटफिल्ड ओसिलो भएपछि ३३ ओभरमा छोट्याइएको खेलमा जिम्बाब्वे ३२.१ ओभरमा २१३ रनमा अलआउट भयो । विष्फोटक सुरुवात गरेको जिम्बाब्वेका लागि टेडिवान्से मारुमानीले ५०, कुडजाइ माउन्जेले ३९ र रोए काइयाले ३६ रन बनाए ।
पहिलो ११ ओभरमा ८९ रन जोडेको जिम्बाब्वेको इनिङ्स सो पछि भने सुस्ताएको थियो । जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न किशोर महतोले ५ विकेट लिए । ७ ओभर बलिङ गरेका किशोरले एक मेडनसहित ४३ रन खर्चेर ५ विकेट झारे । सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा एक एक विकेट रह्यो । महंगो सावित भएका क्याप्टेन सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै ५६ रन खर्चिएपनि विकेट भने लिन सकेनन् ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
३ म्याचको वन डे सिरिज १-१ को बराबरीमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नै भएको यसअघिको टी-२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो ।































प्रतिक्रिया