नेपालकी सुस्माले मंगोलियाकी लान्चिव योनसँग प्रतिस्पर्धा गर्ने

नेपालकी सुस्माले मंगोलियाकी लान्चिव योनसँग प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
0
Shares

टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ । प्रतियोगितामा ७३ राष्ट्रका ३१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताका लागि आजदेखि खेलाडीहरूको तौल र मेडिकल चेकअप वाव होटेलको कन्फरेन्स हलमा सुरु भएको छ। 

आइबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएका छन् । 

मे ९, १०, १३ र १४ तारिखमा बेलुकाको ६ बजेमात्र प्रतियोगिता सञ्चालन हुनेछन् । बाउट रिभ्यु नहुने जानकारी आयोजकले बताए । 

प्रतियोगितास्थलमा कोचहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । खेल प्रतियोगिताका लागि रिंंग र प्रतियोगिताका सामग्री स्टिङ्ख कम्पनीको प्रयोग गरिने छन् । 

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले एक लाख, ५० हजार र २५ हजार अमेरिकी डलर २-२ जनाले प्राप्त गर्नेछन् । 

आइबा नयाँ स्कोरिङ्ग मेसिन सञ्चालन सम्बन्धी सेमिनार मई १४ तारिखमा सञ्चालन हुने जानकारी गराइएको छ ।

आज सार्वजनिक ड्र अनुसार ४६ देखि ४८ किलो तौल समुहमा नेपालका खेलाडीले भोलि बेलुका प्रतिस्पर्धा गर्नेछन् । उक्त तौल समुहमा ३२ जना खेलाडी रहेका छन् । 

त्यसैगरी ५० देखि ५२ किलो तौल समुहमा २८ वटा देशका खेलाडी छन् । उक्त तौल समुहमा नेपालका मिनु गुरुङले जापानका आर किनोशितासँग ११ मईमा दिउँसो प्रतिस्पर्धा गर्नेछन् ।  

५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिषासँग ११ मईमा प्रतिस्पर्धा गर्ने छन् । 

५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् ।  उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोबीचको विजेतासँग १५ मईमा हुनेछ ।

Logo