शीर्षस्थानकाे मिलान पराजित

शीर्षस्थानकाे मिलान पराजित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले लज्जास्पद हार बेहोरेको छ । एटलान्टासँग ३–० गोल अन्तरले पराजित बनेकाे हाे ।

शनिबार राति भएको खेलमा एटलान्टाले १५औं मिनेटमा क्रिस्टियन रोमेरोले रोविन गोसेन्सको पासमा गोल गर्दै अग्रता लिए । ५३औं मिनेटमा जोसेप इलिसिसले पेनाल्टीमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । खेलकाे ७७औं मिनेटमा डुभान जापटाले रोमेरोको पासमा गोल गर्दै मिलानलाई ३–० को जित सुनिश्चित गरे ।

यो हारसँगै मिलान १९ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा यथावत छ । मिलानको दोस्रो स्थानको इन्टर मिलानको भन्दा २ अंक बढी छ ।

Logo