सिपिएलमा जमैकाको पाँचौं हार, सन्दीपको मध्यम प्रदर्शन

सिपिएलमा जमैकाको पाँचौं हार, सन्दीपको मध्यम प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गए रातिको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित जमैका तालवाज पराजित भएको छ । सम्पन्न खेलमा बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । टस जितेर पहिले ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यस खेलमा जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक, एक विकेट लिएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका हुन् । योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।

बार्बाडोस १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ छ । यो खेल जिते पनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।

जमैकाको यो पाँचौ हार हो । उसले खेलेका ९ खेलमा ३ जित, एक बराबर र ५ हार बेहोरेको छ । जमैका ७ अंकसहित चौथो स्थानमा छ भने यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । जमैकाले अब अन्तिम लिग खेल सेन्ट लुसीयाविरुद्ध सोमबार खेल्दैछ ।

Logo