आईपीएल : आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स भिड्दै

आईपीएल : आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स भिड्दै

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा आज साँझ राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर एक अर्कासँग भिड्दै छन्। । 

आजको खेलको विजेताले आइतबार हुने फाइनलमा गुजरातसँग खेल्नेछ । खेल साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । 

पहिलो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स आइपीएलको फाइनलमा पुगिसकेको छ। एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बैग्लोरले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो। 

सन् २०१६ पछि फाइनलसम्मको यात्रा तय गर्न नसेको बैग्लोर फाइनल पुग्ने लक्ष्यमा हुनेछ। उता सन् २००८ मा आइपीएलको च्याम्पियन टोली राजस्थान त्यसयता उपाधि यात्रा तय गर्न सकेको छैन।

Skip This
Skip This
Logo