रोनाल्डोलाई ‘प्लेयर अफ दी’ सिजन अवार्ड

रोनाल्डोलाई ‘प्लेयर अफ दी’ सिजन अवार्ड


क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडको ‘प्लेयर अफ दी’  
सिजन अवार्ड जितेका छन्। सर म्याट बस्बी प्लेयर अफ दी इयरका रूपमा प्रदान गरिने उक्त अवार्डको विजेता म्यानचेस्टर युनाइटेडका समर्थकहरुले भोटिङ गर्ने गर्छन्। 

अर्थात उक्त अवार्डका लागि म्यानचेस्टर युनाइटेडका समर्थकहरुले मात्र भोटिङ गरेका थिए। समर्थकहरुले रोनाल्डोलाई प्लेयर अफ दी सिजन मानिरहदा भने उनकै समकक्षी खेलाडीले भने गोलरक्षक डेभिड डी जियालाई क्लबको प्लेयर अफ दी इयर छनोट गरेका छन्। 

सन् २०२१ को अगस्टमा युनाइटेड फर्किएका रोनाल्डो एक वर्षमा क्लवका लागि २४ गोल गरिसकेका छन् । घरेलु लिगमा पनि उनी सर्वाधिक गोलकर्ताका रूपमा लिभरपुलका मोहम्मद सलाह र टोट्टनहामका सन हिउङ मिनभन्दा ५ गोलले मात्र पछाडि रहेका थिए। रोनाल्डोले घरेलु लिगमा १८ गरेका छन् ।

Logo