खोटाङको बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

खोटाङको बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

केन्द्रबिन्दु
0
Shares

खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन्।

केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा च्याम्पियन बनेर प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा सहभागी हुन इटहरी पुगेको बाक्सिला फुटबल क्लब खेलाडीलाई हाल युकेमा रहेका राईले ५० हजार बराबरको जर्सी सेट प्रदान गरेका हुन्। 

केपिलासगढी गाउँपालिका–४ बाक्सिला स्थायी ठेगाना भएका राईले उपलब्ध गराएको जर्सी सेट बिहीबार इटहरीमा आयोजित कार्यक्रममा केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले फुटबल क्लबका अध्यक्ष शिव राईलाई हस्तान्तरण गरेका छन्। पूर्व खेलाडी तथा युके आर्मी राईबाट जर्सी, हाफपाइन्ट र सक्स प्राप्त भएको बाक्सिला फुटबल क्लबका अध्यक्ष राईले जानकारी दिए। 

इटहरी फुटबल क्लबको संयोजन एवं प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता बिहीबार इटहरी प्रादेशिक रङ्गशालामा सुरु भएको हो। 

बाक्सिला फुटबल क्लबले शुक्रबार दिउँसो ३ बजे ताप्लेजुङको मानभारा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता १ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Logo