यूएईएफए नेसन्स लिग : स्पेनको पहिलो जित

यूएईएफए नेसन्स लिग : स्पेनको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

स्वीजरल्यान्डलाई १-० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । 

शुक्रबार रातिको जितसँगै समूह ए २ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे । उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १-० को जित पायो । 

प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ । 
 

Skip This
Skip This
Logo