कामना बिष्ट सम्मिलित माल्दिभ्स पुलिस उपविजेता

कामना बिष्ट सम्मिलित माल्दिभ्स पुलिस उपविजेता

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ।

माल्दिभ्सको मालेमा सम्पन्न फाइनल खेलमा क्लब वाम्कोसँग सोझो सेटमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो। खराब प्रदर्शन गरेका पुलिस २५ २०, २५ १७ र २५ १२ को हार व्यहाेर्‍यो। 

क्लब वाम्को २०१९ को  च्याम्पियन टोली हो। माल्दिभ्समा भएको प्रतियोगितामा नेपाली दुई खेलाडीले अवसर पाएका थिए। अर्की स्पाइकर उषाले धिवेही सिफाइन्ज क्लबबाट खेलेकी थिइन्। टिम भने समूह चरणबाट माथि उठ्न सकेन। 

घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेलिरहेका दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेलेका हुन्। 

Logo