नेसन्स कपः आज इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै

नेसन्स कपः आज इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

नेसन्स कप फुटबलमा आज राति इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै छ।

सोही दिन लिग ए को समूह चारको अर्को खेलमा नेदरल्यान्ड र पोल्यान्ड आमने सामने हुनेछन्। इंग्ल्यान्ड र इटालीबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे वेम्बली स्टेडियममा हुनेछ। जुन इङ्ल्यान्डको घरेलु मैदान हो।

लिग ए को समूह चारमा नेदरल्यान्ड र पोल्यान्ड पनि सोही दिन एक अर्काको विरुद्ध भिड्दै छन् । नेदरल्यान्ड आफ्नो २ खेल जित्दै शीर्ष स्थानमा रहँदा बेल्जियम र पोल्यान्ड एक एक जितका साथ दोस्रो र तेस्रो स्थानमा छन् । वेल्स अझै पनि आफ्नो पहिलो जितको खोजीमा आज मैदान उत्रने छ । 
इंग्ल्यान्ड र इटालीबीच आजसम्म २८ पटक भेट भएको छ। त्यसमध्ये इटालीले १२ खेल जितेको छ भने आठ खेल बराबरीमा र आठ खेलमा हार भोगेको छ । पछिल्ला ५ खेलमध्ये एउटा खेलमा विजयी भएको इंग्ल्यान्ड २ वटा खेलमा बराबरीमा र दुई वटा खेलमा हार ब्यहोरेको छ । 
हाल फिफा वरियतामा दसौँ स्थानमा रहेको इटाली सन् २०२० को युरो कप च्याम्पियन हो ।
युरो २०२० को फाइनल खेल पछि इटालीसँगको हारमा इङ्ल्यान्डका फ्यानहरूले नराम्रो व्यवहार र प्रतिक्रिया दिएपछि इङ्गल्यान्डलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो। सोही कारण ९० हजार घरेलु दर्शकको क्षमता भएको स्टेडियममा आज  बन्ध कोठा झै ३ हजार  समर्थक अघि मात्रै भ्रमणकारी टोली इटालीलाई केही सहज भने हुनेछ ।

इगारेथ साउथगेट भन्छन्, 'यो लज्जास्पद कुरा हो । यो एक देशको रूपमा इङ्ग्ल्याण्डका लागि लज्जास्पद कुरा हो । धेरै मानिसहरू जसले खेल पश्चात्  स्टेडियममा समस्या निम्त्याएका थिए म निश्चित भएर भन्न सक्छु कि ती फुटबल प्रशंसकहरू थिए ।

हामीले फाइनल खेल पछि यसको बारेमा बोलेका थियौँ र आवश्यकलाई सजाय पनि दिइयो । म के भन्छु भने हाम्रा फ्यानहरूले सबैलाई   सम्मान व्यवहार गरौँ ।

Logo