नेपाल इको प्यानलको सहयोगमा साइकल च्यालेन्ज

नेपाल इको प्यानलको सहयोगमा साइकल च्यालेन्ज

केन्द्रबिन्दु
0
Shares

नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ। प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यक्रमबीच शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

इतिहास एवं संस्कृतिविद् प्रा. डा. पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका लागि सहयोग गरेबापत नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालसहितलाई मायाको चिनोसहित प्रमाणपत्र वितरण गरिएको थियो । 

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। 

Skip This
Skip This
Logo